नियम १४९
मिसिल सम्बन्धी जानकारी दिने
कुनै चल्ती वा छिनुवा मिसिल सम्बन्धी जानकारीको निमित्त कसैको निवदन पर्न आएमा चल्ती मिसिलको भए सम्बन्धित फाँटको मिसिल जिम्मा लिने फाँटवालाले र छिनुवा मिसिलको भए अभिलेख संरक्षकले रजिस्ट्रार वा निजले तोकेको अधिकृतको अनुमति लिई कानुन बमोजिम निवेदकलाई सो मुद्वाको जानकारी दिनुपर्छ।